सर्लाहीमा ट्रयाक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु
सर्लाही । नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल सोमबार राति आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवन तर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोड बाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार २ युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
महतोको बरहथवा स्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया