च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्रीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अबको  ध्यान  स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ हुनुपर्ने बताएका छन् ।

च्याउ उत्पादक किसान सङ्घले आज भृकुटीमण्डपमा आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको बताएका हुन् ।

नेपाली नागरिकमा च्याउ खाने बानी बढेसँगै यसको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

नेपाल च्याउमा आत्मनिर्भर हुँदै गएकाले बिस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक देखिएको बताए ।

च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षभित्र यसको खेती गर्न सिफारिस जात पञ्जीकरण गर्ने तथा गुची च्याउ, धमिरे च्याउ, लेटिपोरसजस्ता वहुमुल्य र पौष्टिक जातको अनुसन्धान सुरुआत गरिएको बताए ।

ती जातका बीउबिजन उत्पादनमा सफलता हात परेको एवं खेती प्रविधि विकासका लागि काम भइरहेको जानकारी दिँदै मन्त्री अधिकारीले यसको अनुसन्धान पश्चात प्रसार गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बर्सेनि पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरणतर्फ जान जरुरी रहेकामा जोड दिए ।

प्रतिक्रिया

सरकार असफल भएको र भ्रष्टाचारीको संरक्षण गरेको माओवादीको ठहर

सरकार असफल भएको र भ्रष्टाचारीको संरक्षण गरेको माओवादीको ठहर

एभिन्यूजले देशको अर्थतन्त्र सुधारबारे सातै प्रदेशमा गरेको बहस कार्यक्रमको  समापन

एभिन्यूजले देशको अर्थतन्त्र सुधारबारे सातै प्रदेशमा गरेको बहस कार्यक्रमको समापन

सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त,सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर

सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त,सामाजिक सञ्जालको भाइरल प्रवृत्तिल…

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गर्ने प्रतिवेदन सचिवालय बैठकबाट पारित

अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गर्ने प्रतिवेदन सचिवालय बैठकबाट पारित

मुस्ताङमा पर्यटक आगमन वृद्धि

मुस्ताङमा पर्यटक आगमन वृद्धि

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा  :मन्त्री पाण्डेको जोड

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा  :मन्त्री पाण्डेको जोड

समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण :  प्रधानमन्त्री

समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण :  प्रधानमन्त्री