सीपयुक्त शिक्षा अहिलेको आवश्यकता हो : शङ्कर पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । सोही अनुसारको शिक्षण गर्न उनले शिक्षकहरुलाई आग्रह गरे ।

घोराही उपमहानगरपालिका–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उनले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदार मात्रै बनाएको बताएका हुन् । हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उनको भनाइ थियो 

“एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो”, उनले भने । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया