झापाबाट प्रचण्डको गर्जन : ओली कपटी र बेइमान हुन्, गिरिबन्धुको पर्दाफास गरेरै छाड्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कपटी र बेइमानीको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला समेत रहेको झापामा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कपटी र बेइमानीको संज्ञा दिएका हुन् ।

दाहालले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’

साथै, अध्यक्ष दाहालले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने चेतावनी दिए । दाहालले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट सत्ताबाट हटाइएको समेत दाबी गरे ।

प्रतिक्रिया