प्रधानमन्त्री ओलीद्वारा पूर्व राष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।     

आज सामाजिक सञ्जालमार्फत नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गरेका छन् । 

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घरमा निधन भएको हो । उनकी श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । 

प्रतिक्रिया