मधेश प्रदेशको दोस्रो अधिवेशन असोज २१ गते आह्वान गर्न सिफारिस
मन्त्रालयहरुलाई कार्यविधि र विधेयक तयार गर्न मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेश सरकारले प्रदेश सभाको दोस्रो अधिवेशनको बैठक आह्वान गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २१ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । साथै मन्त्रालयहरुलाई कार्यविधि बनाउन र आवश्यक विधेयकहरु तयार गर्न मुख्यमन्त्री सरोजकुमार यादवले निर्देशनसमेत दिएका छन् । असार ३१ गते सम्पन्न भएको प्रदेश सभाको बैठक दुई महिना भइ सक्दा पनि दोस्रो अधिवेशन आह्वान गरिएको थिएन । मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशको हरेक जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । विकास निर्माण कार्यलाई नियमित रुपमा अनुगमन गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ । समितिले ८ वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी सरकारलाई प्रतिवेदन दिनेछ ।।
प्रतिक्रिया