कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र: निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन । जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताएका हुन । नेता निधिले अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्ने र पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्ने बताए ।
नेता निधिले वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको जिकिर समेत गरे । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा उनको जोड थियो । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको नेता निधिको भनाइ थियो । विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न उनको आग्रह छ ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया