पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले मासु र मदिरा निषेध गरेको हो । आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको प्रशासनको भनाइ छ । तिजमा पशुपतिमा विशेष मेला लाग्ने गर्दछ ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया