प्रेस स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुँदैन : मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुन नदिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज सपथ तथा पदस्थापन कार्यक्रममा पाण्डेले प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफूलाई राम्रो अनुभूति रहेको बताए ।
सामाजिक सञ्जालमा आउने हरेक कुरालाई नागरिकले समाचारका रुपमा ग्रहण गरिहेकाले पत्रकारिता र सञ्जालको फरक स्थापित गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।
गण्डकी प्रदेशमा लामो समयदेखि रोकिएको आमसञ्चार विधेयक सरकारले पारित गरेर कानुनअनुसार प्रेस रजिष्टार नियुक्त गरे पनि यो सरकारी निकाय मात्र नभई पत्रकारको हकहितका लागि आवाज उठाउने निकाय समेत रहेको पाण्डेले बताए ।
प्रतिक्रिया