रकम नदिएको भन्दै प्रदेश सांसद द्वारा स्थानीयमाथि कुटपिट

शिव दयाल यादब

सिरहा । मधेस प्रदेश सभा सदस्य सहिदा खातुनले मुद्दा मिलाइदिएको रकम नदिएको निहुँमा पावर र पहुचको भरमा  स्थानीयमाथि लठ्ठी प्रहार गरि घाइते बनाएकी छिन् । 

लठ्ठी प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका–१३ दुर्गापुरका कैयन मानिस घाइते अस्पतालमा उपाचाररत छन।घाइते हुनेहरुमा आलन मोहम्मद मिया,मोहम्मद आसिफ,मोहम्मद रजबुला,जाहिर मिया,मो.सुरत,नसिमा खातुन,रबिना खातुन,छेदनि खातुन,हजरा खातुन,तेतरि खातुन,फजिला खातुन र नसिबनि खातुन रहेका छन । उनीहरुले सांसद खातुनले आफ्नो पहुच र शक्तिको दम्भ देखाइ योजनाबद्ध रूपमा आफूहरुमाथि सांघातिक हमला गरेको पीडितहरुको आरोप छ ।

घटना भएको  एकहप्ता हुन लाग्दा समेत पीडित परिवार न्यायको लागि गुहार मागिरहेका छन्। यस घटनाले स्थानीय प्रशासन र कानून कार्यान्वयन निकायको क्षमतालाई प्रश्नचिन्ह उठाएको स्थानीय बताउँछन् । पीडित पक्ष र सर्वसाधारणले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्  ।

प्रतिक्रिया