पूर्वी अमेरिका र क्यानडामा लि नामक समुन्द्री आँधीवाट ठूलो जनधनको क्षति

हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द

अमेरिकाको उत्तर पूर्वी क्षेत्र र क्यानाडामा ली नामको समुद्री आँधीका कारण तिब्र गतिको हावा चल्नुका साथै भारी वर्षा भएको छ । आँधीका कारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिले आएको आँधीसँगै जनजीवन अस्तब्यस्त बनाएको छ । अमेरिकाका म्यासाचुसेट्स र मायनी तथा क्यानडाका न्यु ब्रन्सविक, नोभा स्कोटिया राज्यमा आँधीले ठूलो असर पु¥याउने चेतावनी दिइएको छ । आँधीले न्यु इङ्ल्याण्ड र आन्ध्र महासागरको तटीय क्षेत्रमा क्षति पु¥याउन सुरु गरेको छ । आँधीका कारण समुद्रमा १५ फिटमाथिसम्म छाल उठ्नसक्ने अनुमान गरिएको छ । त्यसले तटीय क्षेत्रमा ब्यापक क्षति पु¥याउन सक्ने चेतावनी जारी गरिएको छ । 
 

प्रतिक्रिया