लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण

काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ । 

आइतबार ५ जना विदेशी यात्रु बोकेर  काठमाडौं आउदै गरेको सो हेलिकोप्टरमा  उडिरहेको चरासँग ठोक्किएपछि भक्तपुर र काभ्रेको सिमाना पर्ने साँगामा आकस्मिक अवतरण गरिएको हो । आज ११ बजे भएको घटनामा आकस्मिक अवतरण पछि ती बिदेशी  यात्रुलाई त्यहीँ झारेर सडक मार्गबाट काठमाडौं ल्याएको जनाइएको छ ।

प्रतिक्रिया