एसिया कप क्रिकेटको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

नेपालसहित ६ टिम सहभागी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ । श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनल खेल तय गरिएको छ । यसअघि सुपर फोरको खेलमा श्रीलंकाले पाकिस्तान तथा भारतले श्रीलंकालाई हराएर दुवै टिम फाइनल पुगेका हुन्। सुपर फोरमा श्रीलंका र पाकिस्तानबीचको खेल निकै रोमाञ्चक मोडमा पुगेर श्रीलंकाले २ विकेटले जितेकको थियो ।  सोअघि भारतले श्रीलंकालाई ४१ रनले हराएर फाइनलमा पुगेको थियो। प्रतियोगितामा यस वर्ष नेपाल पहिलो पटक सहभागी भएको थियो ।  नेपाल, अफगानिस्तान, बंलादेश, पाकिस्तान, श्रीलंका र भारतसहति ६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल दुवै खेल समूह ‘ए’मा भारत र पाकिस्तानसँग हारेको थियो भने अफगानिस्तानलाई बंगलादेश र श्रीलंकाले हराएको थियो ।। 

प्रतिक्रिया