बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
बागलुङ । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबार देखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यस बाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
पचास शय्याको अस्पतालमा स्तरोन्नति पछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा प्रारम्भ गर्दै बताए ।
विसं २०२१ मा दुई कोठा बाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्ष पछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड विनियोजन गरिएको थियो ।
रासस
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया