संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान, असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिवार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे लगायत कूटनीतिक नियोगका अधिकारीहरु पुगेका थिए । 
प्रधानमन्त्री दाहालले असोज ४ गते बिहीवर महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी छन् ।
 

प्रतिक्रिया