अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा पुटिनले मागे माफी

एजेन्सी । अजरबैजानको काजाकिस्तानमा भएको हवाई जहाज दुर्घटनामा रूसी राष्ट्रपतिले माफी मागेका छन् । 

राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता काजाकिस्तानमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा परेको ‘दुःखद घटना’ भएको भन्दै अजरबैजानका समकक्षी इल्हाम अलिएभ सँग माफी मागेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार अजरबैजानको राजधानी बाकु बाट रुसी गणतन्त्र चेचन्याको क्षेत्रीय राजधानी ग्रोज्नीका लागि उडेको उक्त विमान कजाकिस्तान तर्फ मोडिएर अवतरण गर्ने क्रममा दुर्घटनामा हुँदा ३८ जना मारिएका थिए भने २५ भन्दा बढीको जिवितै उद्धार गरिएको थियो । क्रेमलिनले युक्रेनी ड्रोन हमलाको कारण ग्रोज्नी नजिकै रुसी वायु रक्षा प्रणालीहरू फायर गरिरहेको अवस्थामा सो दुर्घटना भएको समाचारमा उल्लेख  छ । 

तर, ती मध्ये एउटाले विमानलाई ठक्कर दियो दिएन भन्न सक्ने अवस्था नभएको जनाएको छ । अजरबैजान, कजाकस्तान र रुसका अधिकारीहरूले विमान खस्नुको कारण बारे अड्कलबाजी भइरहेकाले अनुसन्धान जारी रहेको जनाएका छन् ।  

अमेरिकाले भने  ‘प्रारम्भिक संकेतहरूका अनुसार रूसी वायु रक्षा दुर्घटनाको लागि जिम्मेवार हुन सक्ने’ बताएको छ । 

प्रतिक्रिया