देशको अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रम ‘एभिन्यूज एजेण्डा’ मधेश प्रदेशमा सम्पन्न
काठमाडौं । मधेश प्रदेशको वीरगन्जमा देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे बहस तथा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एभिन्यूज खबरले आज वीरगन्ज आयोजना गरेको “अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने वृहत अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सरकारले उद्योगीहरुमा विश्वासको वातावरण सिर्जना गर्न नसकेको आरोप लगाए । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
अर्को अन्तरक्रिया कार्यक्रम कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते हुने छ । सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुकमा प्रत्यक्ष रुपमा प्रसारण हुने छ ।
प्रतिक्रिया