श्रमिकहरूको वास्तविक पार्टी एकीकृत समाजवादी हो : मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा रहेको बताएका हुन् । तर, उनले सरकारलाई श्रमिकको पक्षमा लाग्न आफूहरूले बाध्य पार्ने दाबी गरे ।

श्रमिकहरूको वास्तविक पार्टी एकीकृत समाजवादी भएको जिकिर गर्दै उनले संसद् र सडकबाट दबाब दिएर सरकारलाई श्रमिकतिर झुकाएरै छाड्ने बताए । ‘दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहरूको पक्षमा बनेको सरकारलाई कुनै पनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ,’ उनले भने ।

प्रतिक्रिया