शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्छ : नेता खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सम्मानित नेता खनालले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरू आइरहेको बताए ।
उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताए । उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए ।
प्रतिक्रिया