युवाको ज्ञान र सीप विना देश विकास नहुने प्रधानमन्त्री दाहालको भनाइ, युवालाई देशभित्रै आशा र भरोसा जगाउने प्रतिवद्धता
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले युवामा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुटाउने जिम्मेवारी सरकारको काँधमा रहेको बताएका हुन् । उनले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई वर्तमानको हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको पनि उल्लेख गरे । विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रसंघीय महासभामा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपाल जस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने पनि बताए । नेपालको शान्ति प्रक्रियाका बारेमा पनि सभामा सम्बोधन गर्ने उनको भनाइ छ । आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको दिव्पक्षी सम्बन्ध बिस्तार, नयाँ नाका खोल्ने तथा कृषि, शिक्षा र स्वास्थ्यका साथै कृषिमा आधारित उद्योग खोल्ने कुरालाई विशेष प्राथमिकतामा राख्ने पनि बताए ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया