काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या, हत्या गरेको आरोपमा चार जना पक्राउ

काठमाडौ । काठमाडौंको गैह्रीगाउँमा भएको चार जनाको हत्या प्रकरणमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट सोधपुछका लागि काठमाडौं–३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले मदिरा सेवन गरेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ । अरु तीनजना पक्राउबारे प्रहरीले जानकारी दिएको छैन । राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ । गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । काठ मिलभित्र उनीहरूको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । आफन्तले शव हेर्न नदिई हतार हतार अस्पताल पठाएकोमा आक्रोश पोखेका छन् । घटनाबारे सत्य तथ्य पत्ता लगाउन माग गरेका छन् । 
कुमार भुजेल २० वर्ष देखि मिलमा काम गर्दै आएका थिए । यस अघि कहिले पनि कुनै झगडा नभएको घटना भएको स्थानमै चिया पसल संचालन गर्दै आएकी एक व्यवसायीले बताईन् । 
दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । यस्तै मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको पनि हत्या भएको छ । उनीहरूको शव परीक्षणका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । घटनाको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान शुरू गरेको छ । अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । रिङरोडसँगै टाँसिएको उक्त काठमिलमा ४ जनाको हत्या हुँदा पनि स्थानीयले केही चाल नपाएको पाइएको छ । मिलको एक छेउमा मार्वल गोदाम रहेको छ । 

प्रतिक्रिया