चिसो बाट जोगिन प्राधिकरणको अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभाग बाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । 

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसो बाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँ ठाउँमा वर्षा र तराईमा शीतलहर चल्न सक्ने बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखाले मौसम बदली सम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्न देखि देशका धेरै स्थानमा आंशिक देखि साधारणतया हुने जनाएको छ ।

शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ । 
रासस 

प्रतिक्रिया