अजरबैजानको विमान दुर्घटना मिसाइल आक्रमण भएको आशंका
एजेन्सी । अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले राष्ट्रिय शोक मनाइएको छ ।
विमान दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । केही उड्डयन तथा सैन्य विशेषज्ञहरूले युक्रेनी ड्रोन गतिविधिको रिपोर्ट गरिएको क्षेत्रमा उडिरहेको बेला विमानलाई रुसी हवाई प्रतिरक्षा प्रणालीको प्रहार बाट गल्तीबस लागेको हुन सक्ने बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विमानको भग्नावशेषमा देखिएको प्वाल ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले पुर्याएको क्षति सँग मिल्दोजुल्दो रहेको छ । रुसी अधिकारीले घटना बारे ‘अड्कलबाजी’ भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।
अजरबैजानको राजधानी बाकुबाट उत्तरपश्चिममा रहेको रुसको दक्षिणी क्षेत्र चेचन्याको ग्रोज्नी शहरका लागि उडेको विमान काजकिस्तानको अक्ताउ शहर नजिकै दुर्घटना ग्रस्त भएको थियो । ६७ जना सवार रहेकामा ३८ जनाको मृत्यु भएको छ । तीन बालबालिका सहित २९ जनालाई अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया