मलेसियामा हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
काठमाडौ । मलेसियामा आयोजना हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । क्यानले यू–१९ विश्वकप छनोट खेलेका खेलाडीहरुलाई निरन्तरता दिँदै यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ खेलाडीलाई समेटेर टोली सार्वजनिक गरेको हो । मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म प्रिमियर कप आयोजना गर्दैछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । ५० ओभरको प्रिमियर कप पाकिस्तानमा यसै वर्ष आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ । यस प्रतियोगिताको शीर्ष ३ टिमले एसिया कपमा स्थान सुरक्षित गर्नेछन् । प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा बहराइन, साउदी अरेविया र इरान रहेका छन् । समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् भने समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, आयोजक मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।
प्रतिक्रिया