रवि लामिछानेको बयान आज पनि लिइने
काठमाडौं । पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भए सँगै आज (शुक्रबार) पनि बयान हुने भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेको बयान बिहीबार बाट शुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दिउँसो बाट शुुरु भएको बयान २ घण्टा सम्म चलेको थियो ।
लामिछानेको बाँकी बयान आज पनि हुनेछ । सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । सोही बीचमा उनी संघीय संसद्को सांसद पद बाट निलम्बन भइसकेका छन् ।
मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्व डी.आई.जी छविलाल जोशी सँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाई सँग बयान लिन शुुरु भएको थियो । जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा बयान लिइएको थियो । छविको बयान मंगलबार सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको थियो ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिए पछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने बारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने र जोशी सहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया