सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्मा संसदीय समितिबाट सर्वसम्मतले अनुमोदन
काठमाडौ । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन । आज संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना प्रश्तुत गर्दै उनले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताएका हुन । प्रस्तावित न्यायाधीस शर्माले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने समेत बताए ।
प्रश्तावित न्यायाधीश शर्माले प्रत्येक व्यक्तिलाई सक्षम अदालतबाट प्रभावकारी कानुनी उपचारको व्यवस्था गरेकाले सबैलाई न्यायबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको दाबी गरे । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका छन । उनलाई न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीश शर्माले सर्वसम्मतले अनुमोदन गरेको छ । अब उनलाई संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्नेछन् ।
प्रतिक्रिया