प्रबन्ध निर्देशक पौडेलको प्रमाण सिंगापुरबाट उपलब्ध गराउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा सुनिलले तीनवटा खाता खोलेर रकम लुकाएको भनी अभियोग लगाएको थियो । विशेष अदालतमा बयान गर्दै पौडेलले उक्त खाता आफ्नो नभएको दावी गरेका थिए । त्यसपछि विशेष अदालतले विस्तृत विवरण झिकाउन आदेश गरेको हो ।

विशेष अदालतले युनाइटेड ओभरसिज बैंकमा खाता खोल्दा भरेको फारम, पेश गरेको पासपोर्ट, नागरिकतालगायतका कागजात तथा फोटोको प्रतिलिपी र खातामा रहेको रकमको विवरण मागेको हो ।

पारस्परिक कानुनी सहायताका लागि तोकिएका केन्द्रीय अधिकारीबाट विवरण झिकाउनू भन्ने विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासको आदेश छ ।

प्रतिक्रिया