सकिएन् रवि लामिछानेकोे बयान, शुक्रबार पनि लिइने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला अदालत कास्कीले ३ घण्टा लामो बयान लिएको छ । अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिएको हो ।
बिहीबारदेखि शरु थुनछेक बयानमा सभापति लामिछानेले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । उनको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर प्रश्नहरु सोधिनेछ । बयानका विस्तृत विवरणहरू आइसकेका छैनन् ।
प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ ।
प्रतिक्रिया