अवकाश प्राप्त कर्मचारीको अन्य निकायमा पुनः नियुक्तिमा ‘कुलिङ पिरियड’ राख्नुपर्नेमा जोड : सचेतक घिमिरे

काठमाडौं । ”नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संवैधानिक आयोग, कूटनीतिक नियोगलगायत संस्था पूर्वकर्मचारीको ‘क्लब’ जस्तो देखिएको उल्लेख गर्दै अवकाश प्राप्त कर्मचारीको अन्य निकायमा पुनः नियुक्तिमा ‘कुलिङ पिरियड’ राख्नुपर्नेमा जोड दिए ।

उनले कर्मचारीको सेवा अवधि वृद्धि गरेर ६० वर्षमाथि राख्नु उचित हुने बताउँदै नायब सुब्बा भन्दा मुनिका पदमा कर्मचारी भर्ना गर्न आवश्यक नरहेकाले त्यससम्बन्धी व्यवस्था हटाइनुपर्नेमा जोड दिए ।“अवकाश प्राप्त कर्मचारीको पेन्सन राज्यलाई भार परिरहेको अवस्थामा अवकाशको उमेर बढाउनु उपयुक्त नै हुन्छ”, उनले भने, “अनुभवी कर्मचारीलाई अवकाश दिएर भन्दा सेवामा राखेर पारिश्रमिक दिनु उचित हुन्छ ।

” दलगत आधारमा ट्रेड युनियन गठन गर्न दिन नहुनेमा जोड दिँदै उनले सरकारले घरै बनाइदिएर ट्रेड युनियन राख्ने व्यवस्था तत्काल अन्त्य हुनुपर्ने बताए । “राजनीतिक दलसँग आबद्धता भएका ट्रेड युनियन हटाऔँ, ट्रेड युनियनमा शाखा अधिकृतभन्दा तलका कर्मचारीलाई मात्र सहभागी हुन दिऔँ”, उनले भने, “नीतिगत निर्णयको तहमा सहभागी हुने शाखा अधिकृतलाई ट्रेड युनियनमा आबद्ध हुन दिन हुँदैन ।”

प्रतिक्रिया