प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउने बताइएको छ । साथै विभिन्न मन्त्रालयगत एजेण्डामा पनि छलफल हुने कार्यसूचि छ । मन्त्रिपरिषद बैठकले एसियाली खेलकुदका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय पनि गर्नेछ । हिजो प्रधानमन्त्री दाहालले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरेको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिनेछन ।
प्रतिक्रिया