प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता, दाहालको आसन्न चीन भ्रमणका संभावित एजेण्डाबारे छलफल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमण केन्द्रित छलफल भएको हो । चीन भ्रमणलाई लक्षित गरी राजदूत सोङले प्रधानमन्त्री दाहाललाई भेटेर सम्भावित एजेण्डाको विषयमा छलफल गरेका हुन । प्रधानमन्त्री दाहाल असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदैछन् । एसियाली खेलकुद समारोहमा सहभागी भएर बेइजिङ गएपछि त्यहाँ प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा चीनले सरकारमाथि बीआरआई परियोजना कार्यान्वयन गर्न दबाब दिदै आएको छ । बीआरआई परियोजना ऋण वा अनुदान हो भन्ने एकिन नभई हस्ताक्षर नगर्न सरकारलाई कुटनीतिज्ञहरुले सुझाव दिएका छन । आजको भेटमा पनि बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच कुराकानी भएको बुझिएको छ । भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्ग, चीन जोड्ने प्रसारणलाइन निर्माण, चीनतर्फका बन्द नाका खुलाउने तथा नेपालको कृषि र वनमा सहयोग सम्बन्धी सम्झौताको तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया