सिरियाका अपदस्थ राष्ट्रपति असद समर्थकद्वारा १४ सुरक्षाकर्मी मारिए

एजेन्सी । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल–असदप्रति बफादार समूहको आक्रमणमा परेर आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका छन् । 

असदको अल्पसंख्यक अलावी मुस्लिम सम्प्रदायको गढ रहेको भूमध्यसागरीय बन्दरगाह टार्टोस नजिक  भएको भिडन्तमा अन्य १० सैनिक घाइते भएका जनाइएको छ । 

राजधानी दमास्कस नजिकै रहेको कुख्यात सयदनाया जेलको भूमिकाको सम्बन्धमा एक पूर्व अधिकारीलाई अहिलेको असद बिरोधी रहेको सरकारले पक्राउ गर्न खोज्दा  असद समर्थकले आक्रमण गरेको बताइएको छ ।

बेलायतमा  मुख्यालय रहेको एउटा अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार कुख्यात सैदनाय जेलसँग सम्बन्धित एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले टार्टुस सहरमा पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको हो। बिद्रोहीहरुले सिरिया कब्जा गरेपछि असद भागेर रुसमा शरण लिइरहेका छन् । असदको कार्यकालमा उनको सत्ताको बिरोध गर्ने ५ लाख सिरियालीको मृत्यु भएको बताइएको छ । 
 

प्रतिक्रिया