अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर ४ मा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराइएको हो ।

क्लिक ईन्टरनेसनल एजुकेसन काठमाण्डौले ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरुलाई गरी ३ सय ४४ जनालाई पोशाक उपलब्ध गराएको हो विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईले ट्याक्सुट सेट वितरण वितरण गर्दै जाडोमा विद्यार्थीलाई ठूलो सहयोग पुगेको बताए ।

सो क्रममा किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभुत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभुत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जनालाई न्यानो कपडा प्रदान गरिएको क्लिक ईन्टरनेसनल एजुकेसनका निर्देशक गोविन्द खनालले जानकारी दिए । 
 

प्रतिक्रिया