सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भूमि आयोगको तयारी

काठमाडौ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ । यसका लागि ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको छ । आयोगले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहका भूमिहीनहरुले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नुपर्ने जानकारी दिएको हो । आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।  आयोगले सात वटै प्रदेशका विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया