कास्की अदालतमा रबि लामिछाने सहितको बयान जारी
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने सहित सात जनालाई कास्की अदालत उपस्थित गराइएको छ ।
लामिछाने सहित प्रहरी हिरासतमा रहेका पूर्व डी.आई.जी. छविलाल जोशी, हब्र्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई कृष्ण गुरुङ लगायतलाई पनि बयानका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
लामिछानेको बयान जारी रहेको छ भने छबि र लिलाको भने बयान भएको छ । लामिछाने सहितलाई आइतबार थप अभियोजन दर्ता भएपछि सोमबारदेखि बयान सुरू भएको हो । बयान कास्की जिल्लाका न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।
सहकारीको रकम अपचलनको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन पोखरा लगिएको थियो ।सहकारीको बचत रकम अपचलन गरेर गोरखा मिडियामा लगानी गरेको आरोपमा गत कात्तिक २ गते लामिछानेलाइ पक्राउ गरिएको हो । पोखरा,काठमाडौं,रुपन्देही,चितवन र पर्साका सहकारीबाट रकम अपचलन गरेको आरोप लामिछाने माथि छ ।
प्रतिक्रिया