राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइदै
_ycNT9oVLEU_gzrpds6ct61pdoaziqm3cxj7qbw31fk9izf0ytmjcvknnhoygwjyoau5h0si_OVob8trpq6_race5ako3pu2kl6rtxvlz4rccwihhndig0jsd6bxgthnoz5pgfy6rby13dmk.jpg)
काठमाडौ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको हो । यस वर्ष पनि “सभ्य समाजको आधार; ज्येष्ठ नागरिकमैत्री घरपारिवर” भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्वद्र्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी दिवस मनाइदैछ । जेष्ठ नागरिकको जनसङ्ख्या निरन्तर वृद्धि हुँदै गएको छ । ६० वर्ष उमेरभन्दा माथिका जनसङ्ख्या करिव ११ प्रतिशत पुगेको छ । भौगोलिक रुपमा ३४ ओटा जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको छ । ग्रामीण क्षेत्रमा युवाहरुको कमी हुँदै गएको छ भने जेष्ठ नागरिक र बालबालिका तथा महिलाको हिस्सा बढी मात्रामा रहेको छ । नेपालको संविधानकोे धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । हाल राज्यले ज्येष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता दिएको छ । दिबसका अबसरमा शुभकामना दिदै राष्ट्रपति रामचन्द्र पौडेलले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताएका छन । ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्न उनको आग्रह छ ।।

अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनलको खेल आज देखि, डडेल्धुरा र बुटवल भिड्दै
कैलालीमा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया