‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकार भने नारामै सीमित

काठमाडौ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा २०६३ सालपछि भाद्र २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउँदै आइएको छ । यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ । सन् १९९० सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो । २०२२ सालदेखि भदौ ४ गते मनाउन शुरू गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । दिवसका अबसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको स्मरण गराएका छन् । उनले विभिन्न  कारणले  बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान जान जरूरी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया