दक्षिण कोरियाको २० प्रतिशत  जनसङ्ख्या ६५ वर्ष भन्दामाथिको

एजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष पुगेसँगै दक्षिण कोरिया ‘सुपर एज्ड’ अर्थात ‘अति वृद्ध’ समाज बनेको हो । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार एक करोड दुई लाख जना मानिस ६५ वर्ष वा त्यसभन्दा माथिका छन् । दक्षिण कोरियाको जनसंख्या पाँच करोड १० लाख छ । २० प्रतिशत मानिस बुढ्यौली समूहका रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएसँगै दक्षिण गम्भीर जनसाङ्ख्यिक सङ्कटमा फसेको छ ।सन् २०२३ मा दक्षिण कोरियाको जन्मदर शून्य दशमलव ७२ मा झरेको छ । यो विश्वकै सबैभन्दा कम जन्मदर हो। 

प्रतिक्रिया