इङलिस प्रिमियर लिगको ‘बक्सिङ डे’ मा आज आठ खेल हुँदै
साविक विजेता म्यानचेष्टर सिटीले एभर्टनसँग प्रतिस्पर्धा गर्ने
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज ‘बक्सिङ डे’ मा आठवटा खेलहरु हुँदै छन् । इतिहाद स्टेडियममा साँझ सवा ६ बजे म्यानचेस्टर सिटीले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । एभर्टन विरुद्धको घरेलु मैदानमा जित हात पार्दै सिटी लय समात्ने लक्ष्यमा हुनेछ । आज चोटका कारण पहिलो पहिलो रोजाइका ७ खेलाडी उपलब्ध नहुनु सिटीका लागि समस्याको विषय बनेको छ । साविक विजेता सिटी प्रतियोगितामा लगातार १४औं सिजन खेलिरहेपनि कमजोर प्रदर्शन गर्दै आएको छ । लिगमा सिटी १७ खेलपछि सातौं स्थानमा छ । ऊ चौथोमा रहेको नटिङ्घम फरेस्टभन्दा चार अंक र पाँचौं स्थानको बर्नमथभन्दा एक अंकले पछाडि छ । पछिल्ला ५ खेलमा केवल १ खेल जितेको एभर्टनले १६ मध्ये ३ खेल मात्र जितेको छ । एभर्टन तालिकाको १५औं स्थानमा छ ।आजै हुने अन्य खेलमा लिग लिडर लिभरपूलले लेस्टर सिटीको समना गर्दा चेल्सीले फुलहम, म्यान्टेस्टर युनाइटेडले वुल्भरह्यामटनसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया