एभिन्यूज खबरको आर्थिक बहस 'एभिन्यूज एजेण्डा' आज चितवनमा

अर्थतन्त्रमा परेको दबाव,प्रभावबारे सरोकरावालासँग अन्र्तक्रिया

काठमाडौ । एभिन्यूज खबरले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा गर्ने बहस र अन्तरक्रिया कार्यक्रम आज  चितवनको भरतपुरमा हुँदैछ । आज एभिन्यूजको टेलिभिजन बहस भरतपुरको चितवन मिड टाउन होटलमा दिउँसो एक बजे बाट शुरु  हुनेछ । “अर्थतन्त्र  तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाउन सुरु गरेको हो ।

एभिन्यूजले  नेपाली अर्थतन्त्रमा परेको दबाव,प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया गर्न लागेको हो । भरतपुरमा हुने अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, अर्थविद अनलराज भट्टराई, नेपाल उद्योग परिसंघका कार्यबहाक अध्यक्ष विरेन्द्रराज पाण्डे लगायतको सहभागिता रहनेछ । अन्तरक्रियामा सहजकर्ताको रुपमा एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहेका छन् ।

कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहने एभिन्यूजले जनाएको छ । त्यस्तै बहस कार्यक्रम मधेश प्रदेशको बीरगंजमा  पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते  कार्यक्रम हुनेछ ।

यसअघि सुदुरपश्चिमको धनगढी र कर्णालीको बहस नेपालगञ्जमा र लुम्बिनीको बुटवलमा सम्पन्न भैसरकेको छ ।  सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुकमा प्रत्यक्ष रुपमा प्रशारण हुनेछ । त्यस्तै प्रत्यक्ष प्रशारण स्थानीय एफएफ र नेपाल एफएममा पनि हुनेछ ।

 

प्रतिक्रिया