एमाले सचिवालय बैठक : विन्दा र उषाकिरण निलम्बित, भीम रावललाई हटाइयो पार्टीबाट

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई जिम्मेवारीबाट हटाउने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले पाण्डे र तिमल्सेनालाई ६ महिना सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । पूर्वउपाध्यक्ष भीम रावललाई भने साधरण सदस्यबाट समेत हटाउने निर्णय गरेको हो । 

साथै, बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले केन्द्रीय कमिटीका चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन केन्द्रीय कमिटीका एजेण्डा तय गरेको छ ।

प्रतिक्रिया