राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनामा मुआब्जा विवाद चुलियो

काठमाडौ । राष्ट्रिय गौरवको भेरी–बवई डाइभर्सन बहुउदेश्यीय आयोजनामा मुआब्जा विवाद चुलिँदै गएको छ । तोकिएको समयभन्दा अगाडि नै सुरुङ निर्माण गरेर प्रशंसा बटुलेको आयोजनामा पछिल्लो समय मुआब्जा विवाद चुलिएको हो । भेरीको पानी बवई नदीमा खसालेर विद्युत उत्पादन र सिँचाइमा प्रयोग गर्ने उदेश्यले निर्माणाधिन यो आयोजनाको प्रभावित क्षेत्रका बासिन्दा मुआब्जा माग्दै आन्दोलन नै गर्नुपर्ने अबस्थामा पुगेका छन । लालपुर्जा हुनेलाई मात्रै मुआब्जा दिएपछि स्थानीय आक्रोशित भएका हुन । 
आयोजनाले अहिले सुर्खेतको चिप्लेस्थित भेरीमा बाँध बाँध्ने तयारी थालेको छ। यसबाट सुर्खेतका भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिकाका केही गाउँहरु डुवानका कारण प्रभावित हुनेछन । भेरीगंगा नगरपालिकाले भने मुआब्जाका लागि पहल भैरहेको जनाएको छ ।
लेक बेसी र गुर्भाकोट नगरपािलकाका पीडितले पनि स्थानीय सरकारले मुआब्जामा ध्यान दिनुपर्ने बताएका छन । प्रभावित क्षेत्रका अधिकांश परिवारसँग जग्गाको लालपूर्जा छैन । तर स्थानीयले नापी भएको तर लालपूर्जा नभएको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग राख्दै आएका छन । भेरीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत उत्पादन गर्दा बाँधस्थलमा ३२ हेक्टर किसानको जमिन नष्ट हुनेछ । अहिले पहिलो चरणमा १२ किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भइ भेरीमा बाँध बाँध्ने तयारी भैरहेको छ ।
 

प्रतिक्रिया