लिवियाको बाढी प्रभावित डर्ना शहरमा २० हजार मानिसको मृत्यु भएको आशंका

काठमाडौ । लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसको मृत्यु भएको आशंका गरिएको छ । डर्ना शहरका नगर प्रमुखले २० हजार मानिसको ज्यान गएको हुनसक्ने बताएका हुन् । नगर प्रमुख अब्दुलमेनाम अलगैतीले  शहर र आसपासका क्षेत्रको अवस्था हेर्दा १८ हजारदेखि २० हजार मानिसको ज्यान गएको अनुमान लगाउन सकिने बताएका हुन् । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भैसकेको छ । बाढीमा परी ज्यान गुमाएकाहरुलाई ठूलो क्षेत्रमा सामुहिक रुपमा गाडिएको छ । सुनामीपछि आएको भीषण वर्षाले निम्त्याएको बाढीले डर्नालगायतका शहर ध्वस्त भएको छ । हजारौँ मानिसहरु अझै वेपत्ता छन् । सरकारले १० हजार हराएको तथ्यांक सार्वजनिक गरेको छ भने ३० हजार विस्थापित भएको जनाएको छ । बाढीले सवैतिर अस्तब्यस्त बनाएकाले खोजी, उद्धार तथा पुनस्थापना प्रभावित भएको छ । यसैबीच, युरोपेली संघले जर्मनी, रोमानिया र फिनल्याण्डको सहयोग लिबिया पठाइएको जनाएको छ । युरोपेली आयोगले सो सहायता विनाशकारी सहर डेर्नासम्म पुग्ने क्रममा रहेको र सहायता जुटाउन आफ्नो नागरिक सुरक्षा संयन्त्रलाई औपचारिक रूपमा सक्रिय बनाएको जनाएको छ । इयूका तीन सदस्य राष्ट्रबाट प्राप्त हुने सहायतामा ‘टेन्ट, फिल्ड बेड र कम्बल, ८० वटा जेनेरेटर, खाद्य सामग्रीका साथै अस्पतालका टेन्ट र पानीट्याङ्की’ रहेका छन् ।

प्रतिक्रिया