टाइम पत्रिकाद्वारा विश्वका उदीयमान सय नेताको सूची सार्वजनिक, काठमाडौं महानगर प्रमुख बालेन पनि सूचीमा समेटिए
काठमाडौ । विश्वकै प्रसिद्ध टाइम पत्रिकाले विश्वका उदयमान सय नेताको सूचीमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ लाई समावेश गरेको छ । अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा बालेनलाई समावेश गरेको हो । २०७९ वैशाखको स्थानीय चुनावमा काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका ३३ वर्षीय इन्जिनियर शाहले सामाजिक सञ्जाल टिकटक, फेशबुक, ट्विटरको मद्दतले ‘बालेन इफे’क्ट सिर्जना गरेको पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाले चुनावी अभियानका क्रममा शाहले काठमाडौंको फोहोर मैला तथा सरसफाईको प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको जनाएको छ । आफ्ना प्रतिबद्धता पुरा गर्नेक्रममा शहरी गरीबमाथि परेको असर र उनीहरु बस्ने घर भत्काउने कार्य गैरकानुनी देखिएको भन्दै उनले आलोचना खेप्नु परेको पनि टाइमले उल्लेख गरेको छ । टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १ सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्दै आएको छ । जसमा राजनीतिकर्मी, वैज्ञानिक, संस्थाहरुका प्रभावशाली सीईओ, कलाकार पर्दै आएका छन् । म्यागेजिनले २०१९ देखि उदीयमान नेताहरुको सूची पनि निकाल्न थालेको हो ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया