हाइटीमा पत्रकार सम्मेलनमा गोली चल्दा ३ जनाको मृत्यु

एजेन्सी । क्यारेबियन देश हैटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले गोली चलाएका छन् । 

हैटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ । आक्रमणमा २ जना पत्रकार र १ जना प्रहरीको मृत्यु भएको हो । आक्रमणमा कैयौँ घाइते भएका छन् । सो अस्पताल जुलाई अघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पत्रकारहरू स्वास्थ्य मन्त्रीलाई पर्खिरहेका बेला गोली आक्रमण भएको हो  । घटना बारे अनुसन्धान भैरहेको सुरक्षाकर्मीले बताएका छन् । हमला भिभ अन्सानम समूहले गराएको बताइएको छ ।  हैटीको अन्तरिम राष्ट्रपतीय परिषद्ले दोषीलाई दण्डित गर्ने दृढता व्यक्त गरेको छ । 

गत अप्रिलमा नयाँ अन्तरिम सरकार गठनका साथै शान्ति सुरक्षा कायम गर्न ६ महिना अघि देखि केन्याली प्रहरीको नेतृत्वमा अन्तराष्ट्रिय प्रहरी बल परिचालन भए पनि हिंसा रोकिएको छैन । सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभेनेल मोइजको हत्या भएयता हेइटी हतियारधारी समूहहरूको हिंसात्मक गति विधि बाट पीडित रहँदै आएको छ । 

जारी हिंसामा यस वर्ष मात्रै करिब ५ हजार मानिसले ज्यान गुमाएको र देश विघटनको संघारमा रहेको समाचारमा उल्लेख छ । 

 

प्रतिक्रिया