बर्दियाका महिलाले गरे सालको पात संकलन गरेर दुना टपरी उद्योग संचालन

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाका महिलाहरुले वनमा खेर भएर जाने सालको पात संकलन गरेर दुना टपरी उद्योग संचालमा ल्याएका छन् । 

बारबर्दिया नगरपालिका वडानम्बर ७ का मध्यवर्ती सामुदायिक वनका उपोभोक्ता महिलाहरुले घर नजिकै रहेका सामुदायिक वन बाट सालको पात संकलन गरि दुना टपरी वनाई बिक्री गर्न थालेका हुन् । आर्थिक अवस्था कमजोर भएका १० जना महिलाको समूह वनाई दुनाटपरी वनाउने काममा जुटेका हुन् । 
 
महिलालाई नगरपालिकाले तालिम र वडाकार्यालयले दुनाटपरी वनाउने मेशिन उपलब्ध गराएर सहयोग गरेको छ । प्लाष्टिक तथा फाईवर जन्य वस्तुहरुलाई निस्तेज गरि स्थानी वनमा खेरगई रहेका सालको पातको उपयोग गरि रोजगारी सृजना गर्ने उद्देश्यका साथ वडा कार्यालय अगाडी बढेको छ । 
 
स्थानीय पालिकाको सहयोग संगै मध्यवर्ती सामुदायीक वनका उपोभोक्ता तथा सदस्य महिलाहरु घरकोकाम बाट वचेको समयको सदुपयोग गर्दे आय आर्जनका लागि दुनाटपरी बनाइरहेका हुन् ।
 

प्रतिक्रिया