नासाको अन्तरिक्ष यान सूर्यको सबै भन्दा नजिक
एजेनसी । नासाको अग्रणी पार्कर सोलार प्रोब अर्थात अन्तरिक्षयानले इतिहास रचेको छ ।
यो एक हजार सात सय डिग्री फरेनहाइट भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढाल सहित सूर्यको सबै भन्दा नजिक पुगेको हो ।
सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान हाम्रो ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।
मिसनले सौर्य हावा कसरी उत्पन्न हुन्छ, कोरोना किन तलको सतह भन्दा तातो छ र कसरी कोरोनल मास इजेक्सनहरू– अन्तरिक्षमा फ्याँकिने प्लाज्माका विशाल बादलहरू–गठन हुन्छन् भन्ने अध्ययन गर्नेछ ।
ताप ढाल यति प्रभावकारी छ कि प्रोबले सूर्यको बाहिरी वातावरणको अध्ययन गर्दा पनि यसका आन्तरिक उपकरणहरू कोठाको तापक्रम – लगभग ८५ फरेनहाइट (२९ सेल्सियस)– मै रहन्छन् । सूर्यको बाहिरी वातावरणलाई कोरोना भनिन्छ ।
प्रतिक्रिया