फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो सार्वजनिक
काठमाडौं । भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एन.भी.एल.)को लोगो सार्वजनिक भएको छ ।
आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो । लोगो युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र ‘उचाईको नयाँ उडान’ नामक स्लोगान मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
आगामी फागुन महिनामा सिंगल राउण्ड रोविनका आधारमा हुने खेलमा ६ टोलीको सहभागिता रहने छ । ९ दिन सम्म चल्ने लिगमा कुल १६ खेल हुनेछ । लिग चरणमा १५ र फाइनलमा एक गरी १६ खेल हुने आयोजक केडिया ग्रुपले जनाएको हो ।
लिगको शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै, हरेक टोलीमा १२ खेलाडी हुने त्यसमा ९ जना नेपाली र ३ विदेशी खेलाडी रहनेछन् । नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।
प्रतिक्रिया