बाइडनले मृत्युदण्डका कैदीहरूको सजाय घटाए पछि ट्रम्प द्वारा आक्रोश व्यक्त
एजेन्सी । अमेरीकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नवनिर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडनको स्थान लिने तयारीमा रहँदा उनले आक्रोश प्रकट गरेका हुन् ।
राष्ट्रपति बाइडनले आफ्नो कार्यकालको अन्तिम महिना सोमबार सङ्घीय मृत्युदण्डको प्रतीक्षामा रहेका ४० कैदी मध्ये ३७ जनाको मृत्युदण्डको सजायलाई प्यारोल बिनाको आजीवन कारावासमा परिवर्तन गर्ने घोषणा गरेपछि त्यसमा ट्रम्पको असन्तुष्टि आएको हो ।
तीमध्ये साथी कैदीहरूको हत्या गरेको अभियोगमा ९ जना, बैंक डकैतीका क्रममा भएको हत्याको अभियोगमा ४ जना र जेल गार्डको हत्या गर्ने १ जना समेत रहेको समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया