रा.स्व.पा.को विज्ञप्ति– निषेधित क्षेत्र हटाउन माग, अदालती प्रक्रियालाई सघाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कास्कीले सभापति रवि लामिछानेमाथि लगाइएको अभियोगको हकमा पूर्ण रुपमा कानुनी प्रक्रियालाई सघाउने बताएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटेर रास्वपाले कास्कीमा लगाइएको निषेधित क्षेत्र हटाउन माग गरेको छ । रास्वपाले अंग्रेजी नयाँ वर्षमा पोखरामा हुने सडक महोत्सवलाई समेत ख्याल गर्दै निषेधित क्षेत्र हटाउन माग गर्दै ज्ञापन पत्र नै बुझाएको हो ।
a
रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी ४ गते कास्की जिल्ला अदालतमा उपस्थित गराएसँगै शहीदचोक, जिल्ला अदालत आसपास र जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको थियो ।
‘निषेधित क्षेत्र तोकिएको कारण सभापति लामिछानेलाई अदालत उपस्थित गराउने दिन शहीदचोकदेखि लेकसाइडको स्ट्रिट–१ सम्मको सडकमा सवारी आवागमन समेत रोकिँदा यात्रुले सास्ती खेप्नु परिरहेको तथा जनजीवन प्रभावित परिरहेको छ,’ कास्की सभापति यदुनाथ अधिकारीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया